एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी सदस्यसहित ६ जना एमालेमा प्रवेश

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, २० : १२
एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी सदस्यसहित ६ जना एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित ६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार बसुन्धारामा एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमै फर्किएका हुन् । उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गरेका थिए । 

एमाले प्रवेश गरेका श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै भिजन नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताए ।

प्रतिक्रिया दिनुहोस