उम्मेदवारी खारेजी निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, १० : ३५
उम्मेदवारी खारेजी निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा

काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा‍‍ तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वाेच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस