चितवन कालिकामा २२ जना एमाले नेता कार्यकर्ता माओवादी प्रवेश

सफल खबर संवाददाता

आइतबार, १३ कार्तिक २०७९, १३ : ५३
चितवन कालिकामा २२ जना एमाले नेता कार्यकर्ता माओवादी प्रवेश

चितवन । चितवनमा २२ जना एमाले नेता कार्यकर्ता एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनिहरुलाई चितवन छेत्र न २ क का प्रदेशसभा सदस्य उम्मेदवार घनस्याम दाहाल अबिनासले आज टीका खादा लागाएर माओबादी केन्द्रमा प्रवेश गराएका हुन । 

कालिका नगरपालिका ७ नमुना टोलका २२ जना माओवादी प्रवेश गरेका हुन । निर्बाचन नजिकिदै गर्दा एउटै टोलबाट ठूलो सन्ख्यामा एमाले परित्याग गरि माओवादी प्रवेश गर्नुलाई महत्वकासाथ हेरिएको छ । 

सिद्दिलाल बिक र शिव ठकुरिको नेतृत्वमा उनिहरु एमाले छाडेर माओबादि केन्द्र प्रवेश गरेको माओबादी केन्द्र भरतपुर महानगर अध्यक्ष इस्वर सापकोटा सुमनले जानकारी दिए । प्रबेस गर्नेहरुमा सीता कुमाल, सिंह ब गोले, कान्छा स्याङ्बो, सिर्जना परियार, बिश्वास बिक, विशाल बिक, मनमाया बिक, अन्जु स्याङ्तान, लक्ष्मी बिक, सुबास कुमाल रहेका छन । यस्तै रिता ठकुरी, प्रकाश कार्की, राधा ठकुरी, इन्द्रमाया श्रेष्ठ, विशाल श्रेष्ठ, सागर सुनुवार, दिपेन्द्र नेपाली, मनोज महत्तो, लक्ष्मी बिक रहेका छन ।

 उनिहरु सबै यसअघि पार्टी सदस्य लिएर सकृय रहेका थिए । उनिहरुले एमालेभित्र आन्तरिक कलह र गुटबन्दी मौलाएर बस्ने अबस्था नभएकाले आफुहरु माओबादी प्रबेस गरेको बताएका छन ।
 

प्रतिक्रिया दिनुहोस