नवलपरासी दुर्घटना अपडेट: मृतक पाँचै जनाको सनाखत

सफल खबर संवाददाता

आइतबार, १३ कार्तिक २०७९, १० : १६
नवलपरासी दुर्घटना अपडेट: मृतक पाँचै जनाको सनाखत

काठमाडौं । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाको मथारमा भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ । पाल्पाबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ३ बजेतिर पूर्वी नवलपरासीको बुलिङटार–२ मथारमा दुर्घटनामा परेको थियो। 

मृत्यु हुनेमा पाल्पाको रम्भादेवी गाउँपालिका–१ की ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्यान गाउँपालिका–९ बेलचौरकी ४५ वर्षीय जुलमाया माझी रहेका छन्। 

उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। २९ जना यात्रु लिएर गएको बस सडकबाट करिब एक सय मिटर तल खसेको छ। रामपुर–काटमाडौं चल्ने उक्त बस मथारमा आइपुग्दा अनियन्त्रित भइ सडकबाट खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस