काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।
पार्टीका तर्फबाट प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय प्रचारप्रसार समिति तथा सबै उपसमिति अन्तरगतका सदस्यलाई सर्कुलर पठाएका हुन् ।
सर्कुलरमा सक्रिय ढंगले प्रचार प्रसारमा लागेर पार्टीको पक्षमा जनमत बनाउन आग्रह गरिएको छ ।
उनले कांग्रेसले प्रत्यक्षमा उम्मेदवार उठाएका स्थानमा आफ्ना उम्मेदरवारलाई विजयी गराउन, सहमतिमा गठबन्धन दलसँग तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन तथा समानुपातिकतर्फ कांग्रेसका पक्षमा अत्यधिक मतदान गराउन मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।
साथै नेपाली कांग्रेसको पक्षमा पार्टीले पठाएका प्रचार सामग्रीहरु विद्युतीय तथा अन्य सञ्चार माध्यमहरुबाट व्यापक रुपमा प्रचार प्रसार गर्ने कार्यमा सक्रिय हुन पनि कांग्रेसले अनुरोध गरेको छ ।
काममा खटिने सदस्यहरुको पार्टीले मूल्यांकन गर्ने महतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ कार्तिक २०७९, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप