कोस्टारिकालाई २-० गोलले हराउँदै ब्राजिल विजयी

शुक्रबार, ०८ असार २०७५, १९ : ४४
कोस्टारिकालाई २-० गोलले हराउँदै ब्राजिल विजयी

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकालाई २–० गोलले पराजित गरेको छ ।
ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।  ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । खेलमा ७१ प्रतिशत समय बल ब्राजिलको नियन्त्रणमा थियो ।

कोस्टारिकाले केही राम्रा मुभ बनाए पनि एउटै राम्रो सट प्रहार गर्न भने सकेन । यससँगै पहिलो खेलमा सर्बियासँग हारेको कोस्टारिका स्तब्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस