गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताएका छन। हिजो साँझ जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा गदैैै दाहालले आफ्नै जीवनकालमा धेरै उतार चढाव भएको र धेरै नागरिकहरुका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताए ।
४६ वर्ष पहिले शिक्षणको क्रममा आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै अध्यक्ष दाहालले समकालिन समयका दर्जन बढी सहपाठीहरुको नाम समेत लिए ।
आफ्नो उम्मेदवारी गोरखाबाट हुनु गोरखाका लागि फाइदा रहेको बताए । मध्यपहाडी लोकमार्ग,बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने अध्यक्ष दाहालले बताए ।
चुनावी भेटघाटको क्रममा गोरखा आएका पूर्व प्रधानमन्त्री दाहाल दुइदिन सम्म गोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ कार्तिक २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल