गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताएका छन। हिजो साँझ जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा गदैैै दाहालले आफ्नै जीवनकालमा धेरै उतार चढाव भएको र धेरै नागरिकहरुका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताए ।
४६ वर्ष पहिले शिक्षणको क्रममा आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै अध्यक्ष दाहालले समकालिन समयका दर्जन बढी सहपाठीहरुको नाम समेत लिए ।
आफ्नो उम्मेदवारी गोरखाबाट हुनु गोरखाका लागि फाइदा रहेको बताए । मध्यपहाडी लोकमार्ग,बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने अध्यक्ष दाहालले बताए ।
चुनावी भेटघाटको क्रममा गोरखा आएका पूर्व प्रधानमन्त्री दाहाल दुइदिन सम्म गोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ कार्तिक २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’