सुर्खेत। भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका –४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका बीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र बीरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारी रहेको सवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले बताए ।
तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा पिकनिक(भोज)को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेरी र नारायणीमा बेपत्ता भएका दुई जनाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन
सप्तकोशीमा बेपत्ता २ जना अझै भेटिएनन्, खोजी जारी
पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता
३ महिने शिशु बेपत्ता, अपहरणको आशंका
माछा मार्न गएका युवक नदीमा बेपत्ता