काठमाडौं । सरकारले पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै एक वर्षे मिसनमा लागि लिवियामा जान चाहने जनरल सर्जनलाई आगामी १६ कात्तिकसम्म सम्पर्क गर्न अनुरोध गरेको हो ।
रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको थियो । सोही अनुसार जारी सूचनामा एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरगतको स्थायी कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ । साथै कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो