काठमाडौं । सरकारले पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै एक वर्षे मिसनमा लागि लिवियामा जान चाहने जनरल सर्जनलाई आगामी १६ कात्तिकसम्म सम्पर्क गर्न अनुरोध गरेको हो ।
रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको थियो । सोही अनुसार जारी सूचनामा एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरगतको स्थायी कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ । साथै कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता