काठमाडौँ । अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले आफ्नै भाइको हत्या गरेका छन्। जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं। १ घर भएका हिमबहादुर गमालले आफ्नै सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन्।
यही कार्तिक २ गते राति भीरबाट लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो।घटनाको अनुसन्धान गर्दा आफ्नै दाइले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
प्रहरीका अनुसार २० गते दिउँसो भूमिकास्थान नगरपालिका वडा नं। ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाटसँगै वृद्धाभत्ता निकालेका दाजुभाइ हिँड्दै घर जानेक्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो।
दुई दाजुभाइबीच लेनदेनमा भएको विवादमा दाइले घचेट्दा भाइ भिरबाट खसेको प्रहरीले जनाएको छ। भीरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ कार्तिक २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या