काठमाडौँ । अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले आफ्नै भाइको हत्या गरेका छन्। जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं। १ घर भएका हिमबहादुर गमालले आफ्नै सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन्।
यही कार्तिक २ गते राति भीरबाट लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो।घटनाको अनुसन्धान गर्दा आफ्नै दाइले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
प्रहरीका अनुसार २० गते दिउँसो भूमिकास्थान नगरपालिका वडा नं। ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाटसँगै वृद्धाभत्ता निकालेका दाजुभाइ हिँड्दै घर जानेक्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो।
दुई दाजुभाइबीच लेनदेनमा भएको विवादमा दाइले घचेट्दा भाइ भिरबाट खसेको प्रहरीले जनाएको छ। भीरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ कार्तिक २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण