ह्याम्स अस्पतालको आईभीएफ केन्द्रको उद्घाटन

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, २१ : २९
ह्याम्स अस्पतालको आईभीएफ केन्द्रको उद्घाटन

काठमाडौं । राजधानीको धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स)अस्पतालले कृतिम गर्भधारण सेवा शुरु गरिएको छ ।

अत्याधुनिक उपचार पद्धति भित्र्याएर स्वदेशमै अन्र्तराष्ट्रिय स्तरको सेवा प्रगर्दै आएको सो अस्पताललेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संचालन स्वीकृति प्राप्त सेवा सुरुवात गरेको हो । 

सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङबाट आईभीएफ केन्द्रको उद्घाटन गरे । आईभीएफ केन्द्रको सेवा पश्चात निःसन्तान दम्पतिहरुले सन्तान प्राप्त गरी सुखी दाम्पत्य जीवन व्यतित गर्न ठूलो सघाउ पुग्ने विश्वास अस्पतालले लिएको छ । 

सेवाका लागि चाहिने अत्याधुनिक उपकरण तथा पूर्वाधार अस्पतालमा रहेको  जनाइएको छ । यो विभागमा चर्चित प्रजनन् विशेषज्ञ डा.भोला रिजाल तथा प्रा.डा.पदमराज पन्त रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस