चितवन । चितवनमा जबरजस्ती करणीको घटनामा वृद्धि भएको देखिएको छ । आर्थिक बर्ष ०७३/०७४ को तथ्याङक अनुसार कारागारमा १ सय ८ जना जबरजस्ती करणी मुद्धामा कारागार थिए । यो संख्या बढेर आर्थिक बर्ष ०७४/०७५ मा १ सय ४६ पुगेको छ । यस आर्थिक बर्षमा ३८ बन्दी वृद्धि भएका छन् । जबरजस्ती करणी र लागूऔषध मुद्धाका बन्दी क्रमिक बढ्दै गएको देखिन्छ”, जिल्ला कारागार भरतपुरका शाखा अधिकृत जेलर कमलप्रसाद काफ्लेले भने, “समाजलाई प्रत्यक्ष असर पु¥याउने गतिविधि बढेको देखिन्छ । रोकथामका लागि सरोकारवाला पक्ष लाग्नुपर्ने देखिन्छ ।”
कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्धाका कैदी र थुनुवा रहेका छन् । त्यस्तै जिल्ला कारागार भरतपुरका कूल बन्दीमध्ये २० प्रतिशत लागूऔषध मुद्धाका छन् । गतवर्ष असारको तथ्यांकमा यो १८ प्रतिशत थियो । एक दर्जन मुद्धा प्रकार हेर्दा लागूऔषधका बन्दीको संख्या दोस्रो नम्बरमा देखिन्छ ।
“गैंडा मुद्धाका बन्दीको संख्या क्रमिक घट्दो छ । तर, कारागारमा हाल ६ सय ४१ बन्दी छन् । जसमध्ये पुरुष ५ सय ९१ छन् भने महिला ५४ जना छन् । यी मध्ये कैदीतर्फ ३ सय ९३ जना पुरुष र ३७ जना महिला छन् । यस्तै थुनुवातर्फ १ सय ९४ जना पुरुष र १७ जना महिला छन् । कारागारको क्षमता २ सय ५५ हो । तर, यहाँ दोब्बर बढी बन्दी छन् । “केही सयमअघि ३० जनालाई भीमफेदी कारागार स्थानान्तरण गरियो, फेरी कतै खाली छ कि भनेर हेर्दै छौँ”, जेलर काफ्लेले भने, “अपराधिक गतिविधिमा संलग्न हुनेको चाप वर्षेनी बढेको छ ।”
प्रतिक्रिया दिनुहोस