काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् ।
यसअघि काठमाडौं(२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा जाँदैछन् ।
प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् ।
शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार