कांग्रेसका नेता प्रकाशमान सिंहले मागे सभापति देउवाको राजीनामा

शुक्रबार, २९ मंसिर २०७४, १५ : ५६
कांग्रेसका नेता प्रकाशमान सिंहले मागे सभापति देउवाको राजीनामा

चितवन, २९ मंसीर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री सिंहले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेसको पक्षमा नतिजा नआएको भन्दै अब पार्टीमा सुधार गर्नु पर्ने बताए । ‘मान्छे विरामी भयो भनेर आर्यघाटमा लगेर छाड्ने होइन, उपचार गर्नुपर्छ’ नेता सिंहले भने, ‘त्यसरी नै पार्टीमा कमजोरी छ भनेर त्यसै बसेर हुँदैन, सुधार गर्नुपर्छ ।’

सिंहले चुनाव हारेपछि राजीनामा दिने प्रचलन रहेको बताए । ‘फलानोले (राजीनामा) दिनै पर्छ भनेर मैले भन्ने होइन’, उनले भने, ‘डेमोक्र्याटिक पार्टीको नेतृत्व भएकाले आफूले सोचेअनुसारले काम जनताले अनुमोदन गरेर यो कारणले छोड्छु भन्ने राम्रो हो ।’

पार्टी सभापति देउवाले राजीनामा नदिए पार्टीको विधान अनुसार अघि बढ्ने उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस