एजेन्सी । बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले आफ्नो पदबाट राजीनामा दिएकी छन्। भारतीय मूलकी ब्रेभरम्यानलाई सेप्टेम्बरमा प्रधानमन्त्री लिज ट्रसले गृहमन्त्री नियुक्त गरेकी थिइन्।
आफ्नो राजीनामा पत्रमा उनले हामी कठिन समयबाट गुज्रिरहेका र सरकार कुन दिशामा जाँदैछ भन्ने कुरामा चिन्तित भएको उल्लेख गरेकी छन्।उनले लेखेकी छन्, ‘हामीले हाम्रा मतदातासँग गरेका वाचामात्र तोडेका छैनौँ। यो सरकार आफ्नो घोषणापत्रमा गरेका वाचाप्रति पनि प्रतिबद्ध देखिँदैन। घोषणापत्रमा भनिएको थियो( अवैध माइग्रेसन रोक्नेछौँ। जलमार्गबाट अवैध रूपमा देश भित्रिरहेका छन्।
सुएला ब्रेभरम्यानले गृह मन्त्रालयमा काम गर्न पाउनु आफ्नो लागि ठूलो सम्मान भएको पनि बताइन्। सोमबार क्वाजी क्वार्टेङले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको स्थानमा जेरेमी हन्टलाई नियुक्त गरिएको छ।
प्रधानमन्त्री लिज ट्रसलाई लिएर कन्जरभेटिभ पार्टीमा पनि विरोध सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ कार्तिक २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित