काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उलङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ।
नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै आयोगले सो सम्बन्धमा के कसो भएको हो? भनी पत्र पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
आयोगमा सुवेदीको उजुरी- मलाई राप्रपाको अनुशासन समितिमा यथावत् बहाल गरियोस् (पूर्णपाठ)
राप्रपाको अनुशासन आयोगबाट हटाइएपछि नवराज सुवेदी निर्वाचन आयोगमा
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव