भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १५ : ५३
भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ। जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११: ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ।

यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ। कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ। यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ।

धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस