एजेन्सी । बीसीसीआई सचिव जय शाहले पाकिस्तानमा हुने एसिया कपमा भारत खेल्न नचाहेको बताएपछि पाकिस्तानले भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको छ ।
पूर्वनिर्धारित तालिका अनुसार एसिया कपको अर्को खेल पाकिस्तानमा हुने र यो एसियाली क्रिकेट काउन्सिल ९एसीसी०को कार्यकारी समितिको निर्णय हो । जय शाह एसियाली क्रिकेट काउन्सिलका अध्यक्ष पनि हुन् भन्ने संयोग नै हो । मंगलबार मुम्बईमा भएको बीसीसीआईको वार्षिक साधारण सभामा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
मंगलबार मुम्बईमा बीसीसीआईको वार्षिक साधारण सभापछि पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा जय शाहले भने, ‘भारत एसिया कपमा तटस्थ स्थानमा खेल्नेछ।’ समाचार एजेन्सी पीटीआईले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमीज राजाको नजिकको स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘जय शाहको बयानपछि उनी ५० ओभरको आईसीसी विश्वकपबाट बाहिरिने विकल्प हेरिरहेका छन्।’
‘पीसीबी अब कडा निर्णय लिन तयार छ। हामीलाई थाहा छ यदि पाकिस्तानले यी टूर्नामेन्टमा खेलेन भने आईसीसी र एसीसी इभेन्टहरूले आर्थिक दायित्व बेहोर्नुपर्नेछ।’ जय शाहको भनाइमा पीसीबीले अहिलेसम्म आधिकारिक प्रतिक्रिया नदिए पनि पीसीबीका प्रवक्ताले भनेका छन्, ‘हामीसँग अहिले केही भन्नु छैन तर अर्को महिना मेलबर्नमा हुने आईसीसी बोर्ड बैठकमा यस विषयमा छलफल गर्नेछौँ ।’
विगतमा एसिया कप तटस्थ स्थानमा आयोजना हुँदै आएको छ । श्रीलंकाले घरेलु मोर्चामा आर्थिक संकटको सामना गर्न अस्वीकार गरेपछि गत महिना युएईमा २०२२ एशिया कप आयोजना भएको थियो।
भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण यी दुई देशले एसिया कप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै एकअर्काविरुद्ध खेल्छन्। गत महिना भएको एसिया कपमा दुवै टोलीले एकअर्काविरुद्ध दुई खेल खेलेका थिए भने टी–२० विश्वकपमा पनि अक्टोबर २३ मा मेलबर्नमा दुवै देश भिड्ने छन् ।
सन् २००८ को एसिया कपपछि भारतले पाकिस्तान भ्रमण गरेको छैन। पाकिस्तानी टोली पछिल्लो पटक सन् २०१२ मा द्विपक्षीय शृङ्खलाका लागि भारत आएको थियो। बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ कार्तिक २०७९, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’