संविधान बिरोधि गतिबिधिलाई निस्तेज गर्न गठवन्धनमा एकताबद्ध हुन जरुरी  छ : उत्तम जोशी

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, १८ : ३३
संविधान बिरोधि गतिबिधिलाई निस्तेज गर्न गठवन्धनमा एकताबद्ध हुन जरुरी  छ : उत्तम जोशी

चितवन ।  संविधान बिरोधि गतिबिधि गर्नेहरुलाई निस्तेज गर्दै गठवन्धनमा एकताबद्ध हुन नेपाली कांग्रेसका नेता उत्तम जोशीले आग्रह गरेका छन । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पूर्ण बैठकमा बोल्दै सत्ता गठवन्धनका तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वार बन्नुभएका जोशीले अहिलेको सत्ता गठवन्धन भनेको जनताको मुहारमा हाँसो ल्याउनु रहेको बताए । 

उनले भने, जनताको मुहारमा हाँसो ल्याउनका लागि सत्ता गठबन्धन आबश्यक भएर बनाईएको हो। गठवन्धन रहरले नबनि बाध्ताले बनेको जानकारी गराउदै उहाँले जनता परिवर्तनको पक्षमा रहेको बताए। उनले समाजमा परिवर्तनका लागि सत्ता गठवन्धनले जित निकाल्न जरुरी रहेको बताए । 

केपि ओली सरकारले संबिधानको मर्म बिपरित काम गरेको बताउँदै उनले यो गठवन्धन आबश्यक रहेको बताए। संविधान र लोकतन्त्रको रक्षा संगै समृद्ध नेपालका लागि गठवन्धनलाई मतदान गर्न उनले अनुरोध गरे । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ , उमेश श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले सम्बोधन गरेका थिए। भरतुर नगर सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्ने बक्ताहरुले जनतालाई सच्चाईको पक्षमा लाग्न अनुरोध समेत गरेको छ ।