लमजुङ । आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग हुने लमजुङका मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन गरिएको छ । विगतका निर्वाचनका आधारमा तोकिएका मतदानस्थल र केन्द्रको अवस्थाबारे सूक्ष्म तवरबाट बुझ्न सुरक्षा निकाय र निर्वाचनको टोलीले अनुगमन तथा निरीक्षण थालेको हो ।
टोलीले मतदानस्थल र मतदान केन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौतीको अवस्था, यातायात सुविधा, नागरिकलाई मतदान गर्न आउँदाको सहजतालगायत बारे स्थलगत अनुमगन तथा निरीक्षण थालेको गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
निरीक्षण तथा अनुगमन टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसमेत छन् । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारको समय कार्तिक १७ देखि तोके पनि राजनीतिक दलले विभिन्न माध्यमबाट अप्रत्यक्ष रूपमा चुनावी अभियान थालिसकेका छन् ।
लमजुङमा जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
बैतडीमा पाँच मतदान केन्द्र थपिए
चितवनमा ३४ मतदान केन्द्र थपिए
तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र राख्ने तयारी