लमजुङका मतदान केन्द्रको अनुगमन

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, १४ : १८
लमजुङका मतदान केन्द्रको अनुगमन

लमजुङ । आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग हुने लमजुङका मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन गरिएको छ ।  विगतका निर्वाचनका आधारमा तोकिएका मतदानस्थल र केन्द्रको अवस्थाबारे सूक्ष्म तवरबाट बुझ्न सुरक्षा निकाय र निर्वाचनको टोलीले अनुगमन तथा निरीक्षण थालेको हो ।

टोलीले मतदानस्थल र मतदान केन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौतीको अवस्था, यातायात सुविधा, नागरिकलाई मतदान गर्न आउँदाको सहजतालगायत बारे स्थलगत अनुमगन तथा निरीक्षण थालेको गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

निरीक्षण तथा अनुगमन टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसमेत छन् । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारको समय कार्तिक १७ देखि तोके पनि राजनीतिक दलले विभिन्न माध्यमबाट अप्रत्यक्ष रूपमा चुनावी अभियान थालिसकेका छन् । 

लमजुङमा जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् । 

प्रतिक्रिया दिनुहोस