उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ६७ औँ प्रहरी दिवसका अवसरमा उत्कृष्ट काम गर्ने संगठनका ६ जना प्रहरीलाई सम्मान गरेको छ । प्रहरी नायव निरिक्षक गंगाराम राईसहित ६ जनालाई सम्मान गरिएको हो ।
पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक गंगाराम राईदेखि जवान विनिता हेल्मुसम्म ६ जना छन् । सई राई र अर्का पुरस्कृत प्रहरी सहायक निरीक्षक घनश्याम पोखरेल जिल्ला प्रहरी कार्यालयमै कार्यरत हुन् ।
इलाका प्रहरी कार्यालय बेलटारमा कार्यरत प्रहरी हवल्दार शौरभकाजी थापा र इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलामा कार्यरत अर्का हवल्दार नवराज भुर्तेल पनि पुरस्कृत भए ।
इलाका प्रहरी कार्यालय कटारीका सहायक प्रहरी हवल्दार निरन्ज्ञन दनुवार र जिल्ला प्रहरी कार्यालयकै जवान बिनिता हेल्मु पनि पुरस्कृत भएका छन् । उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी ज्ञानेन्द्रप्रसाद फुयालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० जना प्रहरी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो सूचना
काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी
फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी
२२ प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्यो यस्तो सूचना
प्रहरी जवान पदमा ६७७ पद थप, अब १,८४२ जनालाई अवसर
प्रहरीले सार्वजनिक गर्यो पाठक पक्राउ पुर्जीबारे सूचना