जुम्लाका स्वतन्त्र उम्मेदवार डा. कलबहादुर रोकायाको उम्मेदवारी फिर्ता

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, १९ : ४८
जुम्लाका स्वतन्त्र उम्मेदवार डा. कलबहादुर रोकायाको उम्मेदवारी फिर्ता

काठमाडौं ।प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका डा. कलबहादुर रोकायाले उम्मेदवार फिर्ता लिएका छन्।नेकपा माओवादी केन्द्रले टिकट नदिएको भन्दै रोकायाले स्वतन्त्र उम्मेदलवारी दिएका थिए ।

पार्टीभित्रको त्याग तपस्या, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बारम्बार आग्रह र पार्टी प्रदेश कमिटीको उम्मेदवारी फिर्ता लिन लिखत पत्राचार भएकोले उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

अन्य जिम्मेवारीमा पार्टीले उचित मूल्यांकन गर्ने निर्णय गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको उनले बताए । स्वतन्त्र उम्मेदवारी फिर्ता लिएसँगै गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार गोमा कुँवर, प्रदेश (क) का उम्मेदवार ललितजंग शाही र प्रदेश (ख) उम्मेदवार पदमबहादुर रोकायासहित समानुपातिकलाई पनि समर्थन गर्ने निर्णय लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस