जनकपुरधाम । सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।
सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित पूर्व-पश्चिम लोकमार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। घाइतेमध्ये ३ वर्षीया बालिकासहित दुईको अवस्था गम्भीर रहेको छ ।
उनीहरूलाई थप उपचारका लागि झापा रिफर गरिएको छ। बसका सहचालक झापाको मेचिनगर नगरपालिका ७ बस्ने २१ वर्षीय प्रदिप पुरी र वडा नं. ९ का बस चालक दिपक बोहराका ३ वर्षीया छोरी प्रिन्स बोहराको अवस्था गम्भीर रहेको छ।
१० जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूको उपचार सर्लाहीको अस्पतालमा भइरहेको छ। सामान्य घाइते भएकाहरु आआफ्ना गन्तव्यतर्फ गएका छन् भने बाँकीको उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असोज २०७९, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
झापामा सवारी दुर्घटना, मोटरसाइकल चालककाे मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते