काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशको सप्तरी २ ले सबैको ध्यान तानेको छ । सो क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा। सिके राउत र लोसपा नेता जयप्रकाश ठाकुरबीचको प्रतिस्पर्धाले पनि सबैको ध्यान खिचेको हो ।
यादवलाई प्रमुख विपक्षी एमालेले समर्थन गरेको छ भने ठाकुरलाई सत्तारूढ गठबन्धनको सहयोग छ । तर, यादव र ठाकुरको दुवै गठबन्धनलाई कडा चुनौती दिएका छन् डा। राउतले । डा। राउतलाई जसरी पनि विजयी गराउनुपर्ने अभियानमा केही स्वतन्त्र युवाले सहयोग गरिरहेका छन् ।
जसपा र लोसपा मधेसको राजनीतिमा बलियो पकड बनाएका पार्टी हुन् । तर, मधेस राजनीतिमा पछिल्लोपटक सिके राउत नेतृत्वको जनमत पार्टी पनि उदाउँदै गएको छ । हालैको स्थानीय तह निर्वाचनमा उत्साहजनक परिणाम ल्याउन नसके पनि जनमत पार्टीको प्रभाव सप्तरी जिल्लामा रहेको छ ।
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा। राउत आफैं उम्मेदवार भएपछि यादवलाई २०७४ सालको निर्वाचनको जित दोहो¥याउन त्यति सहज छैन । २०७४ सालमा यादवलाई तत्कालीन राजपाले समर्थन गरेको थियो । तर, राजपाकै पछिल्लो रूप लोसपा आफैं अहिले चुनावी मैदानमा छ । लोसपालाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।
२०७४ सालको निर्वाचनमा यादवले २१ हजार ६ सय २० मत ल्याउँदा वामगठबन्धनका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए । राजपाका ठाकुरले भने यादवविरुद्व बागी उम्मेदवारी दिएका थिए । त्यसबेला उनले ९ हजार ४ सय ५९ मत पाएका थिए । राउत भने पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुँदै छन् ।
मधेसमा भ्रष्टाचारविरोधी अभियान चलाएका राउतको पक्षमा केही जनमत छ । जनमत पार्टीले सप्तरीमा दुईवटा स्थानीय तह जितेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा कुरा नमिलेर एमालेसँग तालमेल गरेका यादवका लागि यो चुनावमा ठाकुर र राउत दुवै चुनौती बनेका छन् । सुरुदेखि नै सत्ता गठबन्धनमा रहेका यादव अन्तिम समयमा एमालेसँग तालमेल गर्न पुगेका थिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ३१ असोज २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव
तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव