नेपाल नागरिक उड्यान प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगायो रोक

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, १६ : १३
नेपाल नागरिक उड्यान प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगायो रोक

काठमाडौं । नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो । 

उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको क्यानका प्रवक्ता तथा उपकार्यकारी निर्देशक जगनाथ निरौलाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस