१८ जिल्लामा मतपत्र ढुवानी

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, ०८ : २३
१८ जिल्लामा मतपत्र ढुवानी

काठमाडौं । आगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र सम्पन्न गरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ ।

हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ । प्रत्यक्षतर्फ पनि मतपत्र छपाइको काम सुरु भएको छ । १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस