काठमाडौं । आगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र सम्पन्न गरेको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ ।
हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ । प्रत्यक्षतर्फ पनि मतपत्र छपाइको काम सुरु भएको छ । १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असोज २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदान स्थलबाट मतपत्र हराएपछि मतदान स्थगित
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री
मतपत्र छपाइ अन्तिम चरणमा
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी