पाल्पा । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए ।
शुक्रबार साँझ करिब ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्न गएको बुझिएको छ । विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि अरिङ्गालको गोलो पोल्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असोज २०७९, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु