चितवन । चितवनबाटै सवारी चालक अनुमति पत्र वितरणका लागि बाटो खुलेको छ । लाइसेन्स वितरणको लागि प्रयोगात्मक परिक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात व्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भएको हो । उक्त फैसलासँगै चितवनबाटै लाइसेन्स वितरणको बाटो खुलेको यातायात कार्यालयका सुरेश चपाइले बताए ।
न्यायाधिस ईश्वरकुमार खतिवडा र डा मनोजकुमार शर्माको इजलासले मुख्यमन्त्री कार्यालय र यातायात कार्यालयको माग बमोजिम हुने फैसला सुनाएको हो ।
उक्त फैसलापछि परिक्षाथल छनोटको बाँकी प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
‘प्रयोगात्मक परिक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा जरी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात व्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भएकोले चितवनवाट सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परिक्षास्थल छनोटको बाँकी प्रक्रिया अगाडि वढाउने बाटो खुलेको अवस्था छ’, उनले भने ।
प्रयोगात्मक परिक्षास्थल छनोटको विरुद्धमा चितवन ड्राइभिङ स्कुलले गएको असार १९ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो । प्रयोगात्मक परिक्षास्थलका लागि सदगुरु र महालक्ष्मी मोटर ड्राइभिङ सेन्टर प्रतिस्पर्धाका लागि छानिएका थिए ।
यी दुई सेन्टरको प्राविधिक मूल्यांकन हुने क्रममा प्रयोगात्मक चितवन ड्राइभिङले मुद्दा दर्ता गरेको थियो । मुद्दा परेपछि रोकिएको प्रक्रिया अब अघि बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने