जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी मन्त्रीलाई बर्खास्त गरेको भोलीपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
जसअनुसार कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् ।
जसपाको एक मन्त्रीका अनुसार मुख्यमन्त्री राउतले फोन गरी कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका तर कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि बर्खास्त गर्नु परेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे