राप्रपा नेता विक्रम पाण्डेको उम्मेदवारी विरुद्द सर्वोच्चमा पर्यो मुद्दा

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, ११ : ४९
राप्रपा नेता विक्रम पाण्डेको उम्मेदवारी विरुद्द सर्वोच्चमा पर्यो मुद्दा

चितवन । चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका रा.प्र.पा. उपाध्यक्ष विक्रम पाण्डेको उम्मेदवारी खारेजीको मागसहित सर्बोच्च अदालतमा मुद्धा परेको छ ।

अधिवक्ता अनिल आचार्यले आसन्न प्रतिनिधिसभामा उम्मेदवार बनेका चितवन ३ का पाण्डेसहित ९ जनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।रिटमा, चितवन-३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध सर्बोच्च अदालतमा भ्रष्टचार मुद्दा रहेको सन्दर्भमा उनको उम्मेदवारी खारेजीको माग गरिएको हो ।

पूर्व मन्त्री समेत रहेका पाण्डेसहित देशका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका विजयकुमार गच्छदार, रामचन्द्र पौडेल, गोविन्दराज जोशी, प्रभु साह, सरिता गिरी, डीबी (युद्धबिक्रम) तामाङ, लक्ष्मी महतो र गगन (रेवतराज) पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस