काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । पाकिस्तान फुटबल संघले बिहीबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालसँग मध्य नोभेम्बरबीचमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको हो ।
२०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि पाकिस्तानले कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन । फिफाको प्रतिबन्धमा परेको पाकिस्तानले प्रतिबन्ध फुकुवा भएपछि पहिलो खेल खेल्न लागेको हो ।
पाकिस्तानी महिला टिमले भने गत भदौमा नेपालमै भएको साफ च्याम्पियनसिप खेलिसकेको छ । प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तान पुरुष टोलीले ६ हप्ताअघि खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ ।
नेपालले भने असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा अन्जन विष्टले ह्याट्रिक गर्दा नेपाल३–१ ले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा
‘प्रचण्ड’ र नेपालबीच आज पनि भेटवार्ता
नेपाल–भारत कानुनी सहायता सम्झौतामा सहमति, सुपुर्दगी सन्धिमा मतभेद कायमै
नेपाल र कुवेतले टी-२० र ओडीआई सिरिज पालैपालो आयोजना गर्ने