काठमाडौं । बैंकहरु एक आपसमा मर्ज हुँदा अब शेयर कारोबार रोक्का नहुने भएको छ ।राष्ट्र बैंकले मर्जर सम्बन्धी नियमावली संशोधन गरी मर्जको समयमा शेयर कारोबार रोक्का हुने व्यवस्था हटाएको हो ।
राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ मा पाचौ संशोधन गर्दै कारोबार निरन्तर जारी रहने व्यवस्था गरेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्ने विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइने उल्लेख थियो । यसै अनुसार राष्ट्र बैंकले नियमावली संशोधन गरेर नीतिगत ब्यबस्था गरेको हो ।
यस्तै, पाचौ संशोधनले गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको सीमाभन्दा माथि गएमा मर्जर सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमाभित्र ल्याउन सकिने ब्यबस्था पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै