काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ ।
पार्टीको सदस्यसमेत नरहने गरी उनीहरूलाई पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरीन्छ।’ विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार कांग्रेसले गठबन्धनविरुद्ध उमेदवारी दिएकाहरूलाई बुधबार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति