काठमाडौं । एमाले महासचिव शंकर पोखरलले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साह अराजनीतिक षडयन्त्रको नमुना भएको आरोप लगाएका छन् । रौतहट ३ मा पार्टीको उम्मेदवारको टिकट लगेर अन्तिममा आफू स्वतन्त्र उठेपछि प्रभु साह विवादमा आएका छन् ।
प्रभु साहको यो कार्यशैलीको एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् । उनले साह पहिलेदेखि नै संदिग्ध गतिविधिमा रहेको सूचना आफूले पाएकोसमेत खुलासा गरेका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त साहलाई हरियो सर्पको विशेषण नै दिएका छन् ।
प्रभु साहले मधेसमा एमाले र जसपाबीचको तालमेलप्रति आपत्ति जनाउँदै जसपाले उम्मेदवारी दिएका सबै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् । उनले पार्टीले जसपालाई मधेस बुझाएको टिप्पणी गरेका छन् । तर, एमाले महासचिव पोखरेलले जसपासँगको तालमेलको सम्झौता बैठकमा प्रभु साह नै सहभागी भएको र सोही निर्णयअनुसार आफूले टिकट लगेर मनोनयनको दिन समय गुजारेर स्वतन्त्र उम्मेदवारी दिएको खुलासा गरेका छन् ।
पोखरेलले बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै साह अराजनीतिक षडयन्त्रको नमुना भएको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता वैठकमा सहभागी हुनु भो । उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु साहको दाबी ‘बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भए’
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह
सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धराशायी : प्रभु साह
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग
अवहेलना मुद्दामा प्रभु साहविरुद्ध कारण देखाऊ आदेश जारी
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता