काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् । मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफल समेत राम्रो रहेको बताए । उनले नेपालमा गैर आवासीय नेपालीहरुले लगानी गर्नको लागि पुराना र जटिल कानूनहरु परिवर्तन भएको र बाँकी कानूनहरु परिर्वतन गर्ने प्रक्रियामा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पर्यटन प्रवर्द्धनमा लैंगीक संवेदनशील र लचिलोपन आवश्यक’ : चन्द्रप्रसाद ढकाल
सरकारले निजीक्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैनः चन्द्रप्रसाद ढकाल
‘जेन जेड आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस्’: चन्द्रप्रसाद ढकाल
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउनुपर्छ : अध्यक्ष ढकाल