काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित पुष्पलाल पार्क नजिकबाट महोत्तरीका १८ वर्षीय किशोर लगायत ४ जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ५५ ट्याब्लेट सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङको पथरीशनिश्चरे नगरपालिका–९ बाट ६ सय मिलिग्राम ब्राउनसुगर र नगद ३२ हजार ४ सय रूपैयाँ सहित सन्तोष लिम्बु समेत २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको सन्तोषको घर खानतलासी गर्दा उक्त पदार्थ र नगद सहित उनीहरूलाई पक्राउ गरेको हो । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट ७ ग्राम ६३ मिलिग्राम खैरो हेरोईनसहित कैलाली कैलारी गाउँपालिका–११ बस्ने ३० वर्षीय राजु चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ