काठमाडौं । मोरङ प्रहरीले सोमबार साँझ पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना युवालाई पक्राउ गरेको छ।
पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीय सन्तोष लिम्बू र २९ वर्षीय सुनील लिम्बूलाई ब्राउन सगुरसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
विशेष सूचनाका आधारमा पक्राउ परेका सन्तोषको घर खानतलासी गर्दा कोठामा झोलाभित्र लुकाएर राखेको ६ सय मिलिग्राम ब्राउन सुगर र नगद ३२ हजार ४ सय रूपैयाँ बरामद भएको डिएसपी श्रेष्ठले बताए।
पक्राउ परेकाको सम्बन्धमा अनुसन्धान भइरहेको र उनीहरु २ जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ