विश्वकप फुटबल

कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि ...

बुधबार, ०६ असार २०७५, १२ : १५
कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि ...

मस्को l कोलम्बियाको दश सदस्यीय टोलीलाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा जापानले पहिलो जित हात पारेको छ । कोलम्बियाका जर्सी नम्बर ६ का खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि दशमा सीमित भएको कोलम्बीयाली टोलीसँग जापान २–१ गोल अन्तरले विजयी भएको हो । 
कोलम्बियाका मिडिफिल्डर सान्चेजले जापानविरुद्धको खेलको तेस्रो मिनेटमा नै रेड कार्ड पाएका हुन् । उनले पाएको यो रातोकार्ड २१औँ संस्करणको विश्वकपमा प्रयोग भएको पहिलो रातो कार्ड हो । सान्चेजले डिबक्सभित्र ह्यान्ड गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए भने जापानले पेनाल्टी पायो । त्यही पेनाल्टीलाई शिन्जी कागावाले गोलमा परिणत गर्दै जापानलाई अग्रता दिलाए । 
खेलको ३९औँ मिनेटमा कोलम्बियाले पाएको फ्रिकिकलाई जुवान क्वीन्टेरोले गोलमा परिणत गर्दै खेल बराबरीमा पु¥याए । त्यसपछि दबाबमा परेको जापान पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको थियो । ७३औँ मिनेटमा जापानले फेरी अग्रता लियो । युया ओशाकेले काइसुके होन्डाको कर्नरलाई गोलमा परिणत गरेका थिए । पछिल्लो पटक सन् २०१४ को विश्वकपको समूह चरणमा कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो ।  रुस विश्वकपको खेलबाट जापानले अघिल्लो विश्वकपमा कोलम्बियासँग भोगेको हारको बदलासमेत लिएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस