सिमकोट । चंखेली गाउँपालिका–६को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ। उनीहरू एउटै परिवारका सदस्य हुन्। पहिरो जाने घर देउच्या सार्कीको हो।
पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु र ३ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।प्रहरी चौकी मेल्छाम र सर्किगाडबाट गएको प्रहरी टोली र स्थानीयको सक्रियतामा घाइतेको उद्धार गरी स्वास्थ्यचौकीतर्फ लगिएको छ। चार जनाको लास भने पुरिएकै घरभित्र रहेको छ। वर्षा भइरहेका कारण लास निकाल्न नसकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, २१ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु