सिमकोट । चंखेली गाउँपालिका–६को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ। उनीहरू एउटै परिवारका सदस्य हुन्। पहिरो जाने घर देउच्या सार्कीको हो।
पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु र ३ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।प्रहरी चौकी मेल्छाम र सर्किगाडबाट गएको प्रहरी टोली र स्थानीयको सक्रियतामा घाइतेको उद्धार गरी स्वास्थ्यचौकीतर्फ लगिएको छ। चार जनाको लास भने पुरिएकै घरभित्र रहेको छ। वर्षा भइरहेका कारण लास निकाल्न नसकिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, २१ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा