कर्णाली नदीले पार गर्‍यो खतराको तह

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, २१ : ०५
कर्णाली नदीले पार गर्‍यो खतराको तह

धनगढी। अविरल वर्षापछि आएको बाढीका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । चिसापानीस्थित जल मापन केन्द्रकी गेजरिडर पार्वती गुरुङका अनुसार अपराह्न ५ बजेको मापन अनुसार कर्णालीमा पानीको सतह ११ दशमलव १० सेन्टिमिटर पुगेको छ । 

पाँच दिनदेखि निरन्तर भइरहरेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेको हो । कर्णालीमा १० मिटरको तहलाई सचेत सतह मानिन्छ र १० दशमलव ८० मिटरलाई खतराको सतह मानिन्छ । यसअघिको वर्षामा ११ नपुगेको उनको भनाइ छ ।

सहायक नदीहरू सेती, बुढीगंगा, तीला कर्णाली, भेरी लगायत नदीहरूमा पानीको सतह बढेका कारण तटीय क्षेत्रमा नदीको सतह बढेको हो ।

प्रतिक्रिया दिनुहोस