सीउल । उत्तर कोरियाले दुई वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी नेतृत्वको सैन्य अभ्यासलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तरले दुई वटा व्यालिष्टिक मिसाइल प्रहार गरेको हो ।
उत्तर कोरियाको दक्षिणपूर्वी क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाको सेनाको जोइन्ट चिफ अफ स्टाफले जनाएको छ । यो दुई साताको अवधिमा सातौँ परीक्षण हो । परीक्षणबारे थप जानकारी भने दिइएको छैन् ।
‘हाम्रो निगरानी र सतर्कतालाई सुदृढ गर्दै गर्दा हाम्रो सेनाले अमेरिकासँग नजिकको सहयोगमा पूर्ण तत्परता कायम राखेको छ’, जोइन्ट चिफ अफ स्टाफले विज्ञप्तिमा भनेको छ । जापानका रक्षामन्त्री तोसिरो इनोलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्टअनुसार दुवै मिसाइल १०० किलोमिटरको उचाइमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ असोज २०७९, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी