सरकार काम चलाउ भइसकेकोले राष्ट्रिय महत्वको कुनै पनि निर्णय गर्दिन : प्रधानमन्त्री देउवा

शुक्रबार, २९ मंसिर २०७४, १३ : ४३
सरकार काम चलाउ भइसकेकोले राष्ट्रिय महत्वको कुनै पनि निर्णय गर्दिन : प्रधानमन्त्री देउवा

चितवन, २९ मंसिर  । प्रधानमन्त्री देउवाले सरकार काम चलाउ भएकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट पारेका हुन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरिरहेको काँग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्न एमालेले दवाव दिइरहेको छ ।

प्रधानमन्त्री देउवाले शुक्रबार विहान मधेश आन्दोलनको घटनाबारे छानवीन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै यसको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले मात्रै गर्ने पनि बताए । मधेश आन्दोलनको घटनाको सत्यतथ्यसहितको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ सरकारको हुने प्रधानमन्त्री देउवाले बताएको आयोगका अध्यक्ष गिरिशचन्द्र लालले जानकारी दिऐ ।

आयोगले प्रतिवेदनमा सहिद घोषणा गर्न बाँकि ४ जनालाई पनि तत्काल सहिद घोषणा सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा मधेश आन्दोलनको क्रममा ६६ जनाको ज्यान गएको र त्यसमध्ये ४ जनालाई अझै सहिद घोषणा गर्न बाँकि रहेको उल्लेख गरिएको छ ।

आयोगले मधेश आन्दोलनका पीडितले दिएको ६ हजार ६ सय ६४ वटा निवेदनलाई समेत ध्यानमा राखेर मधेश आन्दोलनको घटनाबारे सत्यतथ्य छानवीन गरेको हो ।

 सर्वोच्च अदालतका पूर्व न्यायाधिश लालको अध्यक्षता गठित ७ सदस्यीय छानवीन आयोगले बुझाएको ७ सय ९ पृष्ठ लामो प्रतिवेदनमा मधेश आन्दोलनका क्रममा १० जना सुरक्षाकर्मीको समेत ज्यान गएको उल्लेख गरिएको छ ।

आयोगका अध्यक्ष लालले प्रतिवदेनमा मधेश आन्दोलनको कारण र समाधान गर्ने उपायको खोजी समेत गरिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस