गायिका कोमल वलीलाई एमालेले दियो प्रतिनिधी सभाको टिकट, दाङ–३ बाट लड्ने

सफल खबर संवाददाता

शनिबार, २२ असोज २०७९, ०७ : ५०
गायिका कोमल वलीलाई एमालेले दियो प्रतिनिधी सभाको टिकट, दाङ–३ बाट लड्ने

काठमाडौं ।  लोक गायिका एवम् पूर्वसञ्चारकर्मी कोमल वलीलाई प्रतिनिधिसभाका लागि नेकपा एमालेले टिकट दिएको छ । 

उनले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्ने टुंगो लागेको छ।  यसअघि वली राष्ट्रिय सभा सांसद भएकी थिइन् ।

यो क्षेत्रबाट एमालेले प्रतिनिधि सभाको लागि वलीसँगै तुल्सीपुर उपमहानगरका पूर्व मेयर घनश्याम पाण्डेको नाम पनि सिफारिस गरेको थियो ।

तर पाण्डेलाई प्रदेश सभाको ३ क बाट टिकट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस