सेनाका कमाण्डरले बुर्किना फासोको सैन्यसत्तामाथि नै गरे कू

एजेन्सी

शनिबार, १५ असोज २०७९, १४ : २९
सेनाका कमाण्डरले बुर्किना फासोको सैन्यसत्तामाथि नै गरे कू

काठमाडौं । अफ्रिकी देश बुर्किना फासोमा सेनाका कमाण्डरले सैन्य नेता लेफ्टिनेन्ट कर्णेल पल–हेन्री दामिबालाई पदच्युत गरेका हुन् । राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै सैन्य कमाण्डर इब्राहिम ट्राओरीले दामिबालाई हटाइएको घोषणा गरेका हुन् । इस्लामिक बिद्रोह नियन्त्रण गर्न नसकेका कारण दामिबालाई सत्ताच्युत गरिएको उनले बताए ।

इब्राहिमले देशको सीमा अनिश्चितकालका लागि बन्द गरिएको पनि घोषणा गरेका छन्। यस्तै सबै प्रकारका राजनीतिक गतिविधिमा पनि प्रतिबन्ध लगाएका छन् ।

गएको जनवरीमा लेफ्टिनेन्ट कर्णेलसहितको सैन्य समूहले निर्वाचित सरकारलाई हटाएर सत्ता आफ्नो हातमा लिएको थियो । इस्लामिक समूहबाट भएका आक्रमण रोक्न नसकेको आरोप त्यस बेला पनि लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस