क्रिकेटर सन्दीप लामिछानेले भने : ‘२० गते नेपाल आउदैंछु’

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १० : ५६
क्रिकेटर सन्दीप लामिछानेले भने : ‘२० गते नेपाल आउदैंछु’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् ।

उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्यायप्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । 

‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोपविरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छनु, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’

उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर हुने पनि विश्वास गरेका छन् ।