उदयपुर। उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पु¥याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए ।
वडाको पहलमा गोकुले, भादगाउँ र पिपलडाँडामा बिजुली बालिएको हो । बाँकी घरपरिवारका लागि पनि नियमित काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए । पहिलो पटक वडामा कटारी हुँदै नेपाल विद्युत् प्राधिकरण कटारी शाखाले राष्ट्रिय प्रशारण जडान गरेको हो । दसैँसँगै गाउँमा बिजुली बलेपछी दसैँमा थप उमङ्ग छाएको स्थानीय मोहन श्रेष्ठले बताए । महत्वपूर्ण चाडमा गाउँ झिलीमिली भएपछी गाउँवासीमा खुसीयाली छाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असोज २०७९, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालबाट थप २० मेगावाट बिजुली लैजान बंगलादेश सहमत
‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो
लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक