काठमाडौँ । चीनबाट साझा यातायातले किनेका ३७ वटा बिजुली बस (विद्युतबाट चल्ने बस) नेपालका लागि गुडे लोड भएर आउँदैछन् । साझा यातायात कार्यालयका अनुसार ३७ वटा बस नेपालको लागि चीनबाट गुडेका हुन्।
साझा यातायातले टेन्डरमार्फत ४० वटा बिजुली बस खरिद गरेकोमा ३ वटा यसअघि नै परीक्षणका रुपमा ल्याएर काठाडौँमा चलाइएको थियो । बाँकी रहेका ३७ बस तातोपानी नाका हुँदै नेपाल भित्रिन लागेको जनाइएको छ । परीक्षणका लागि ल्याइएका बस गत असार २३ गतेबाट सञ्चालनमा छन् ।
साझा यातायातले नयाँ प्रविधिको ब्याट्रीबाट चल्ने बसहरु चरणबद्ध रुपमा भित्र्याउने योजना बनाएको छ । पहिलो चरणमा साढे ८ मिटर लम्बाइका ४० बस खरिद गर्न अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । यसका लागि चिनको नानजिङ्ग शहरस्थित सिएचटिसी कम्पनीले आपूर्तिका लागि कबोल सकारेको हो ।
सरकारको लगानीमा २०७६ देखि नै साझाले बिजुली बस भित्र्याउने प्रक्रिया थालेको भए पनि विभिन्न विवादका कारण बीच स्थगित लभएको थियो । पुनः २०७८ असार २ सरकारद्वारा गठित ध्ययन समितिमार्फत खरिदका लागि स्वीकृति पाएपछि साझाले बस भित्र्याउने प्रक्रिया अघि बढाएको हो । अब दोस्रो चरणमा साझाले १०.१२ मिटर लम्बाइका र लामो दुरीमा समेत चल्ने बिजुली बस खरिद गर्नेछ, जसको प्रकृया समेत अगाडि बढिसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ असोज २०७९, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण