काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका-४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २८ वर्षीय रत्न बहादुर मगर रहेका छन् । उक्त स्थानमा अवैध रूपमा सालकको खपेटाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असोज २०७९, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ