'एन्फा' को विशेष साधारण सभा सुरु, दुईजना केन्द्रिय सदस्यको चयन हुने

सफल खबर संवाददाता

बुधबार, १२ असोज २०७९, १० : ३३
'एन्फा' को विशेष साधारण सभा सुरु, दुईजना केन्द्रिय सदस्यको चयन हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सुरु भएको छ । गत असारमा चुनावी साधारण सभा सकेको एन्फाले बुधबार विशेष साधारण सभा बैठक बोलाएको हो । 

एन्फाले आजको साधारण सभाबाट गत असारमा भएको निर्वाचनमा बराबर मत पाएका चार जना केन्द्रिय सदस्यबाट अन्तिम दुई जनाको लागि निर्वाचन हुनेछ । बैठकमा एन्फाको वार्षिक योजना तयार पार्ने, भौतिक पूर्वाधारको विषयमा, श्वेत पत्र जारी गर्ने, मानार्थ अध्यक्ष र वरिष्ठ उपाध्यक्षको नियुक्ति अनुमोदन गर्ने र दुई जना सदस्यको निर्वाचन गर्ने एजेण्डा रहेका छन् । 

एन्फाको पछिल्लो केन्द्रिय निर्वाचनमा रुपेश अधिकारी, दिपक थापा क्षेत्री, दिपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए । असारमा सम्पन्न चुनावी साधारण सभामा पंजकबिक्रम नेम्वाङ प्यानलबाट अधिकांश पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । शेर्पा प्यानलबाट उपाध्यक्षमा कुमार केसी सहित ६ जना कार्यसमिति सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस