काठमाडौँ । नेपाल ब्याडमिन्टन संघको १३औँ कार्यसमिति बैठकले केही सांगठनिक निर्णयहरू गरेको छ । बैठकले संघको सचिव बेनुप राज खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ ।
संघले ‘४२औँ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०८३’ को मिति र स्थान पनि तय गरेको छ । प्रतियोगिता २०८३ बैशाख २९ देखि जेठ ३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहल, त्रिपुरेश्वर, काठमाडौँमा आयोजना हुनेछ ।
बैठकले प्रतियोगिता व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरेको छ । उपसमितिहरूले तयारी, समन्वय र सञ्चालन कार्यलाई व्यवस्थित गर्नेछन् ।
प्रतियोगितामा सातै प्रदेशका टोलीका साथै नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टोलीको सहभागिता रहनेछ ।
नवनियुक्त प्रवक्ता खत्रीले प्रतियोगिता उच्च स्तरमा सम्पन्न गर्न तयारी सुरु भइसकेको जानकारी दिएका छन् । यस प्रतियोगिताले प्रतिभावान खेलाडीको पहिचान र विकासमा योगदान पुग्ने विश्वास संघले व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ बैशाख २०८३, १५ : ४६
लेखकबाट थप